कांग्रेसको किल्ला मानिएको जनकपुर उपमहानगरमा राजपाले बाजी मार्यो

जनकपुरधाम । नेपाली कांग्रेसको  गढ मानिएको जनकपुर उपमहानगरपालिकामा राजपा बिजयी भएको छ । लामो समयदेखिको कांग्रेसको गढ भत्काउँदै  भारी मतान्तरले मेयर र उपमेयरमा राजपा बिजयी भएको छ हो। उपमहानगरपालिकाको मेयरमा राजपाका लाल किशोर साह र उपमेयरमा पनि राजपाकै रिता कुमारी मिश्र बिजयी भएका हुन् ।
मेयरमा बिजयी साहले २१९०३ मत प्राप्त गरेका छन्  भने, उपमेयरमा बिजयी मिश्रले १७१४७ प्राप्त गरेकी छिन् । उनीहरुका निकतटम प्रतिद्धन्द्धी मेयरमा नेपाली कांग्रेसका मेयर उम्मेदवार मनोज कुमार साह सुडीले  १११६४ मत र उपमेयरका उम्मेदवार  निलम देवी कर्ण १०६०५ प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका मेयरका उम्मेदवार लक्ष्मीनारायण भगतले ४८६५ मत र उपमेयरका उम्मेदवार पुन कुमारी मिश्र ४९७२ मत प्राप्त गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice