१ र ३२ वडाबाट वीरगंज महानगरको मतगणना सुरु

वीरगंज। प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगंज महानगरपालिकाको मतगणना मंगलबार दिउँसोदेखि शुरु भएको छ। सोमबार रातिदेखि मतगणना गर्ने भनिए पनि आज दिउँसो बल्ल मतगणना सुरु भएको हो।

महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना गर्न शुरु गरिएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी गराए। सुरुमा मतपेटिकाको सिल फुटाएर पत्र पट्याउने काम भएको र त्यसको केही समयमा मतगणना शुरु गरिने उनले बताए।

मतगणनाको लागि चाहिने आवश्यक पूर्व तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्न नसेकोले महानगरको मतगणनामा ढिला भएको हो।

३२ वटा भएको महानगरमा एक लाख ८ हजार ५ सय मतदाता छन्। करिब ७३ प्रतिशतको हिसाबले वीरगंज महानगरमा ८० हजार मत खसेको अनुमान छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice