उत्साहपूर्वक रुपमा प्रदेश २ को निर्वाचन सम्पन्न, ७३ प्रतिशत मत खसेको आयोगको दावी

काठमाडौँ । २० वर्षपछी भएको प्रदेश २ को स्थानीय चुनावको तेश्रो चरण समग्रमा सबैतिर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । पहिलो र दोश्रो चरणको निर्वाचनमा चुनावमा सहभागिता नै नजनाई विपक्षमा बसेको राष्ट्रिय जनता पार्टी पनि यो निर्वाचनमा सहभागी भएपछी निर्वाचन भएका प्रदेश नं २ का ८ जिल्लाबाट ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

सोमबार बिहान ७ बजेदेखि ५ बजेसम्म आठै जिल्लामा मतदाहरुको उल्लेख्य र उत्साहपूर्ण सहभागितामा मतदान भएको आयोगले जनाएको छ ।मधेश आन्दोलनको उद्गमस्थल मानिने प्रदेश नं २ मा ७ बजेदेखि मतदान समय तोकिए पनि २/३ घण्टा अघिदेखि नै मतदाताहरु लामबद्द भएर मतदान स्थलमा सहभागी भएका थिए ।

प्रदेश २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका वीरगञ्ज महानगरपालिकासहित १३६ स्थानीय तहमा चुनाव भएको छ ।यो चुनावले ६ हजार ६१९ जनप्रतिनिधि चयन गर्नेछन् । कुल ६ हजार ६२७ पदमध्ये ८ जना भने निर्विरोध निर्वाचित भइसकेका छन् । चुनावमा ३७ हजार २३६ उम्मेदवार चुनावी मैदानमा छन् ।निर्वाचन आयोगका अनुसार सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ मा राजपाका वडाध्यक्ष उम्मेदवारको निधन भएका कारण दुई वटा मतदान केन्द्रमा मतदान हुन सकेन । त्यहाँ ५ गते मतदान गर्ने तय भएको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको केन्द्रमा मतपेटिकाहरु ल्याएपछि राजनीतिक सहमति कायम गरी मतगणना सुरु हुनेछ । पाँच दिनभित्र सबै स्थानीय तहको चुनावी परीणाम आइसक्ने आयोग पदाधिकारीको दाबी छ ।चुनावी मैदानमा होमिएका प्रमुख ५ दलले प्रदेश २ मा आफू पहिलो हुने दाबी गरेका छन् । तर, पहिलो पार्टीका लागि कांग्रेस र राजपाबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस्तै एमाले, माओवादी र संघीय समाजवादी फोरम पनि धेरै पछाडि नरहने बताइन्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice