तराई मधेसमा सकियो कत्लेकी रात, सुरु भयो मतदान

काठमाडौं । निर्वाचनको अघिल्लो रातलाई तराई मधेसमा कत्लेकी रात भनिन्छ । १ असोज राती निर्वाचनमा रहेका सवै दल रातभर जागाराम बसेर कत्लेकी रात विताए । एक रातमै निर्वाचनको परिणाम बदलिने विगतको इतिहास भएकोले अन्तिम दिनलाई कत्लेकी रात भनिएको हो ।

कत्लेकी रातमा पार्टीहरु जागराम बन्ने गर्दछन् । मतदाता खरिदविक्रि हुने भएपछि अन्तिम दिनलाई निकै जोखिपूर्ण रात मानिन्छ । स्थानीय तहको निर्वाचनमा पनि तराई मधेसका ८ जिल्लामा उम्मेद्धारहरु रातभर जागाराम बसे । धनुषामा नेपाली कांग्रेसका कार्यकर्ताले एमालेमाथी आक्रमण समेत गरे ।

कत्लेकी रात सकिन वितिकै विहान ६ बजेदेखि नै मतदाता लाइनमा बसेका छन् । १३६ स्थानीय तहका लागि २ नम्वर प्रदेशमा आज निर्वाचन भइरहेको छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भएको छ ।

मतदातालाई आकर्षण गर्न घरदेखि लाइनसम्म दलका नेता कार्यकर्ता सक्रिय हुने गर्दछन् । २६ लाख ३६ हजार ९ सय मतदाताले आज मतदान गर्देछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice