रेणु दाहाल ब्याट लिएर मैदानमा आउँदा मलेसियामा नेपाली टोली च्याम्पियन बन्दै थियो 

काठमाडौं । मलेसियाको किन्नारा ओभल स्टेडियममा हङकङलाई हराउँदै नेपाली क्रिकेट टोली एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बनिरहेका बेला स्थानीय तहको निर्वाचनमा सर्वाधिक चर्चा र आलोचित बनेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि ब्याट लिएर मैदानमा उत्रिइन । जीवनमा पहिलो पटक क्रिकेटको ब्याट समातेकी रणु एकाएक क्रिजमा पुगिन र उद्घाटन ब्याटिङ गरिन ।

आइवार भरतपुर क्रिकेट क्लबले सिएमसी अन्तर वडा मेयर कप टि–२० क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । क्रिकेट प्रतियोगिताको उद्घाटन गर्न पुगेकी मेयर दाहालले साडी र चोलोमै मुस्काउँदै ब्याटिङ गरिन ।  निधारमा रातो टिका लगाएकी दाहाल निकै हँसिलो मुद्रामा ब्याटिङ गरेकी थिइन ।

ब्याटिङ गरेलगतै उनी स्टेजमा पुगिन र क्रिकेटका बारेमा आफ्नो ज्ञान दिइन । ‘म क्रिकेट धेरै बुझदिन र जीवनमै पहिलो पटक ब्याट समाते तर यो खेलप्रति पछिल्लो समय निकै आकर्षण बढेको छ’ उनले भनिन् ‘मेयरको तर्फबाट गर्न सक्ने जति म सवै सहयोग गर्छु ।’

मेयर दाहालले उद्घाटन गरेपछि अन्तर वडा प्रतियोगिता भयो ।  प्रतियोगिताको पहिलो खेल वडा नं ९ र १० बीच भयो । १० नम्वर वडाले जित्यो, जहाँबाट रेणुले निर्वाचनमा धेरै कम मत ल्याएकी थिइन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice