भरतपुर कार्यपालिकाको निर्वाचन परिणामले एमालेसंग सहकार्य गर्नैपर्ने दवाबमा रेणु

चितवन । कांग्रेस माओवादी गठबन्धनको पेलाई र घोर अन्यायबाट दुइदुइपटक निर्वाचन गराई विजय हासिल गरेको चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिकामा भने नेकपा एमालेले बहुमत प्राप्त गरेको छ । कार्यपालिका गठन गर्नका लागी शुक्रबार भएको मतदानमा ७० मत भएको एमालेले बहुमत प्राप्त गरेको हो ।

५ महिला र ३ दलित सदस्यका लागि भएको निर्वाचनले गठबन्धनलाई परास्त गरी स्थिति नै उल्टो पारिदियो । महानगरपालिकाको मतको कम्पोजिसन अनुसार एमाले ७०, कांग्रेस ६९ र माओवादी ८ थियो । तर एमालेले दलित र महिला ३/३ पद जितेपछि महानगरकी मेयर रेणु दाहाललाई जसरी पनि एमालेसँग सहकार्य गर्नेपर्ने अन्यथा अघि बढ्नै नसक्ने स्थिति उत्पन्न गराएको छ ।

कार्यपालिकाका लागि शुक्रबार भएको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका १ महिला र दुई दलित सदस्य पराजित भए । कांग्रेसका ४ महिला सदस्यमध्ये २ विजयी भए भने २ जना पराजित भएका छन् । कांग्रेसको १ दलित सदस्य पनि पराजित बनेका छन् । २ जना महिला शुरुमा नै निर्वाचित भए पनि कांग्रेस र एमालेका २/२ जनाको मत बराबर ७२–७२ भएपछि गोलाप्रथाबाट सदस्य चयन गरिएको थियो । गोलाप्रथामा एमालेका २ जना र कांग्रेसबाट १ जना महिला चयन भए ।

गोलाप्रथाबाट थपिएको १ महिला सदस्यकै कारण वोर्डमा एमालेले बहुमत जुटायो । कूल १४७ जनाले मतदान गरेका थिए । एमालेबाट वोर्ड सदस्यमा धनकुमारी विक, पार्वती विक, विना गुरुङ, चक्र रुचाल, टेकलाल विश्वकर्मा र मानबहादुर विश्वकर्मा विजयी भए । कांग्रेसबाट गीताकुमारी शर्मा र पवित्रा केसीले जितेका छन् । महानगरपालिकाको ३९ सदस्यीय बोर्डमा एमालेबाट २० र कांग्रेस माओवादी गठवन्धनबाट १९ सदस्य भएका छन् । एमालेबाट १४ जना निर्वाचित वडाध्यक्ष, कार्यपालिकाबाट थपिएका ६ जना सदस्य गरी २० जना भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice