नेपालसामु मलेसियाले दियो १२२ रनको लक्ष्य, ऐरीले लिए ५ विकेट

काठमाडौँ । एसिसी यू–१९ पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपालसामु १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले ४२ ओभरमा सवै विकेट गुमाएर १ सय २१ रन बनाबनाएको हो।

मलेसियाका लागि नलिन दि सिल्भाले सर्बाधिक ३९ रन जोडे। ९३ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे।त्यस्तै विरनदिप जगजित सिंहले २५, मोहम्मद शाहरेल अजितले १६ र अमर जुदिनले १४ रन बनाए।

कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिएपछि मलेसिया सो स्कोरमा खुम्चिएको हो। ८ ओभर बलिङ गरेका दीपेन्द्रले २९ रन खर्चेदै सो विकेट लिएका हुन्।यस्तै, पवन सराफले २ तथा रोहितकुमार पोडेल, शाहब आलम र सन्दिप लामिछानेले समान १ विकेट लिए।समूह ‘ए’ मा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको थियो। नेपालले थाइल्यान्ड, भुटान र सिंगापुरलाई लाई पराजित गरेर समिफाइनलमा स्थान बनाएको हो।

केहीबेरमा नेपाल ब्याटिङ लिएर मैदान उत्रदैछ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice