राष्ट्रपति/ उपराष्ट्रपतिको उम्मेदवार बन्न अब धरौटी राख्नुपर्ने

काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा उठ्ने उम्मेदवारले अब मनोनयन दर्ता गराउनु अघि निर्वाचन अधिकृतको कार्यालयमा धरौटी राख्नुपर्ने प्रावधान सुरु भएको छ।

सरकारका तर्फबाट संसद सचिवालयमा दर्ता गरिएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रपति पदमा उठ्ने उम्मेदवारले एक लाख र उपराष्ट्रपतिका उम्मेदवारले ७५ हजार रुपैयाँ धरौटी राख्नु पर्ने कानुनी व्यवस्था प्रस्ताव गरिएको हो।

विधेयकको दफा ६२ मा ‘राष्ट्रपति पदको उम्मेदवारले एक लाख र उपराष्ट्रपतिको उम्मेदवारले ७५ हजार रुपैयाँ निर्वाचन अधिकृतको कार्यालयमा धरौटी राख्नु पर्नेछ’ भन्ने उल्लेख छ। तर, महिला, दलित वा अल्पसख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारका लागि भने ५० प्रतिशत छुट गरिने प्रस्ताव गरिएको छ। वार्षिक पारिवारिक आय ५० हजार रुपैयाँभन्दा कम भएको भनेर सम्बन्धित स्थानीय तहले सिफारिस गरिएको व्यक्तिलाई मात्रै आर्थिक रुपले विपन्न मानिने विधेयकमा उल्लेख छ।

निर्वाचनअघि उम्मेदवारले घरौटी राख्दा निर्वाचन अधिकृतको कार्यालयमा नगद जम्मा गर्न सकिने छ। बैंकमा धरौटी राखे त्यसको रसिद निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले पेश गर्नु पर्ने छ।

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि प्रस्तावक २५ र समर्थक २५ जना सांसद आवश्यक पर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भएमा कुनै पनि पदमा उम्मेदवार हुन प्रस्तावक र समर्थक गरी ५० जना सांसदको समर्थन चाहिनेछ। राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार सांसदबाहेकका व्यक्ति पनि बन्ने सक्ने छन्। तर, उम्मेदवार बन्न दलको समर्थन प्राप्त गर्नु र्ने व्यवस्था प्रस्ताव गरिएको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice