प्रचण्डले चितवनबाट चुनाव लड्दा सिराहासंग पारपाचुके !

काठमाडौँ । प्रदेश नं २ को स्थानीय चुनावको सिलसिलामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलेको ‘मधेससँग मेरो लभ परेको छ’ भन्ने वाक्यले निकै चर्चा पायो।तर अहिले आएर आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले चितवनबाट चुनाव लड्ने घोषणा गरेपछि भने उक्त वाक्य गलत साबित भएको मधेशवासीहरुले ठहर गर्न थालेका छन् ।

दोश्रो संविधानसभाको चुनावमा सिराहाबाट पनि चुनाव लडेका प्रचण्डले अहिले सिराका छोड्ने कुरो बाहिर आएपछि जिल्लावासीहरुले यसलाई ‘सिरहासँग पारपाचुके’को रुपमा अर्थ्याउन थालेका छन् ।प्रदेश नं २ को स्थानीय चुनाव आउन बाँकी नै रहँदा सिराहाको निर्वाचन क्षेत्र छोडी चितवन जाने घोषणाले भने ठूलै हलचल उत्पन्न गराएको छ। निर्वाचनमा मत माग्दा र प्रधानमन्त्री भएको सय दिन पुगेको अवसरमा उनले चोहर्वा गैर त्यहाँका बासिन्दालाई विकासका नाममा थुप्रै आश्वासन बाँडेका प्रचण्डप्रति सिराहाका मतदाता रुष्ट बनेका छन् ।

उनले निर्वाचन जितेको क्षेत्र गोलबजार र मिर्चैया नगरपालिकामा खानेपानीको हाहाकार छ। खानेपानी समस्या समाधान गर्ने उनको बचन आश्वासनमै सीमित भएको छ।स्थानीय निर्वाचनको समय घर्किनै लाग्दा पनि उनी सिरहा आएका छैनन्। यसको फाइदा एमालेले उठाउने देखिन्छ।

दाहालको निर्वाचन क्षेत्रमा तीन नगरपालिका गोलबजार, कर्जन्हा र मिर्चैया छन्। गोलबजारमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य विश्वनाथ साहका दाजु धनाढ्य देवनाथ साहलाई टिकट दिएपछि पार्टीमै खैलाबैला मच्चिएको छ। पार्टीभन्दा बाहिरकालाई टिकट दिएको भन्दै अविरमान थापा, कारीमान पुलामी, उपेन्द्र मुखिया र चेतबहादुर थापालयायत कोही बागी बनेका छन् कोही रुष्ट भएर निष्क्रिय बसेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice