मन्त्रीमण्डलको विस्तार चुनावी आचारसंहिताभित्र पर्दैन -राणा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले सरकारले गरेको मन्त्रिमण्डल विस्तारलाई निर्वाचन आचार संहिताले नछुने जिकीर गरेका छन् ।विराटनगरमा संचारकर्मीहरुसँग अध्यक्ष राणाले स्थानीय तहको निर्वाचनको प्रसंग र मन्त्रिपरिषद विस्तारको विषय जोडेर हेर्न नमिल्ने तर्क गरे ।

६ महिनायतावाट निरन्तर स्थानीय तहको चुनाव भईरहेकाले तेस्रो चरणमा हुने निर्वाचन आचार संहिताले सरकारको काम कार्वाहीमा कुनै फरक नपर्र्नेे उनको तर्क छ ।

राजसंस्थासहितको हिन्दू राष्ट्रको पक्षमा राप्रपा प्रजातान्त्रिक रहेको राणाको भनाइ थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice