अमेरिकाले नेपाललाई सहयोगस्वरूप दिने ५० करोड डलरमा बिहीबार हस्ताक्षर हुँदै

काठमाडौँ । अमेरिकाले नेपाललाई सहयोगस्वरुप प्रदान गर्ने भनेको ५० करोड डलर अर्थात लगभग ५० अर्ब रुपयाँ बराबरको सम्झौतामा बिहीबार वासिंगटन डिसीमा हस्ताक्षर हुने भएको छ।

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले सम्झौतामा हस्ताक्षर गर्ने भएका हुन्। नेपालको दिगो विकासका लागि यो महत्वपूर्ण सम्झौता भएको र यसले देशको विकासमा टेवा पुग्ने विश्वास रहेको अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले बताए।

अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एशियाली क्षेत्रको एक मात्र देश हो । एमसिसी नेपाल कम्प्याक्ट नाम दिइएको उक्त सम्झौता अन्तर्गत प्राप्त गर्ने रकमले नेपालको गरिबी न्यूनीकरणका लागि र महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice