सिंगापुरलाई हराउँदै नेपाल समुह चरणको बिजेता बन्यो 

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन खेलमा नेपाल समुह चरणको च्याम्पियन बनेको छ ।  सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समुह चरणको च्याम्पियन बनेको हो ।  लगातार तेस्रो जितसँगै नेपाल समूह एको विजेता बनेको छ ।

विहीबार सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समुह ए को च्यापियन बनेको हो ।  सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमौ पुरा गरेको थियो । नेपालका लागि सन्दिप सुनारले २० र   अनिलकुमार साहले १८ रन बनाए । त्यसैगरी   आशिफ शेख ६ रनमा आउट भए भने अमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा ६७ रन बनाएको थियो । नेपालका पवन सर्राफले ६ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै मात्र १२ रन मात्र दिएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice