अन्त: आयोगले सोध्यो कांग्रेस नेता विमलेन्द्र निधिलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई अन्तः निर्वाचन आयोगले २४ घण्टे अल्टिमेटम सोधेको छ । रुख चिन्ह भएको गम्छा लगाएर निधिले धनुषामा कार्यक्रम गरेपछि एसकाठमाडौं डटकमले समाचार लेखेको थियो । निर्वाचन आयोगले नेपालको टोपीमा सूर्य चिन्ह देख्यो, निधिको गम्छामा रुख चिन्ह देखेन शिर्षकमा समाचार प्रकाशित भएपछि आयोगले स्पष्टीकरण सोधेको छ ।

२५ भदौ दिउँसो धनुषामा आयोजित चुनावी कार्यक्रममा निधि रुख चिन्ह अंकित गम्छा लगाएका थिए । तपाईलाई किन कारवाही नगर्ने भन्दै आयोगले बुधवार २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
यसअघि एमाले नेता माधवकुमार नेपाल, उपप्रधान तथा स्थानीय विकासमन्त्री बिजयकुमार गच्छदारलाई पनि आयोगले स्पष्टीकरण सोधिसकेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice