देउवा र प्रचण्ड चुनावी अभियानमै टकराए, फिल्डबाटै दिए प्रचण्डले जवाफ 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै ताकतमा प्रधानमन्त्री बनाएका कांग्रेस सभापति शेरबहादुर देउवाको प्रतिवाद गर्न थालेका छन् । प्रदेश नम्वर २ को निर्वाचन अबधिभर मधेस क्षेत्रमा रहेका प्रचण्डले देउवाको अभिब्यक्तिमाथी प्रतिवाद गरेका छन् ।

प्रधानमन्त्री देउवा दिल्ली भ्रमणमा हुँदा दाहाल जिल्ला दौडाहमा थिए । दिल्लीमा देउवाले संविधानका बिषयमा अभिब्यक्ति दिँदा जिल्लाबाटै प्रचण्डले प्रतिवाद गरेका थिए । देउवाले मंगलबार मात्र राजविराजमा कोशी बाँधका बिषयमा भारतीय पक्षसँग सहमति गरेको बताएका थिए । ‘अब कोशीले दुख दिँदैन मैले भारतीय नेताहरुसँग सहमति गरिसकेको छु’ देउवाले चुनावी सभालाई सम्वोधन गर्दै भनेका थिए ।

देउवाको यो भनाई पनि प्रचण्डलाई पचेन । कोशी बाँधका बिषयमा देउवाले दिएको अभिब्यक्तिमा पनि उनले कडा प्रतिवाद गरे । ‘कोशी बाँधका बिषयमा सहमति गरेर हुँदैन, यसको बिस्तृत अध्ययन गरेर मात्र बाँध बनाउनु पर्छ’ राजविराजमा प्रचण्डले भने ‘कोशी बाँध हचुवाका बलमा बनाउने कुराको हामी समर्थन गर्न सक्दैनौ ।’ उनले कोशी बाँध नेपालको हितमा नभएको बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice