सरकारद्धारा फेमली र साजन तोरीको तेल बिक्रि वितरणमा रोक

काठमाडौं । सरकारले फेमिली र साजन तोरीको तेल बिक्रि वितरणमा रोक लगाएको छ । आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले छापा मार्दै बिक्रि वितरणमा रोक लगाएको छ । शिवशक्ति घ्यू उद्योगले फेमली र साजन तोरीको तेल उत्पान गर्दै आएको थियो । तेलमा अद्याध्य बस्तु फेला परेपछि विभागले छापा मारेको शाखा अधिकृत मोहन पुडासैनीले बताए ।

सिमरा उपमहानगरपालिकाको जीतपुरमा रहेको शिवशक्ति उद्योगले उपभोत्तालाई हानी हुने गरी फेमिली र साजन तोरीको तेल उत्पादन गर्दै आएको थियो । फेमिली तेलको परीक्षण गर्दा प्यारेक्साइड भ्यालु १० हुनुपर्नेमा साढे ११ भेटिएको थियो। जसका कारण तेल उत्पादन गरेको केही समयमै खान नमिल्ने हुने गरेको थियो । उत्पादन गरेको ६ महिनासम्म उपभोग गर्न सकिने तेलको प्याकेटमा लेखिए पनि ४ महिनाभित्रै अखाद्य वस्तुमा परिणत हुने गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice