डेढ अर्ब भ्रष्टाचारका अभियोगि गोपाल खड्कालाई कारवाही गर्न देउवा र प्रचण्ड सहमत

काठमाडौं । आयल निगम जग्गा खरिद प्रकरणका मुख्य अभियोगि कार्यकारी निर्देशक गोपाल खड्कालाई कारवाही गर्ने प्रस्ताव मन्त्रिपरिषदमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई निर्देशन दिएलगतै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मुख खोलेका छन् ।

आयल निगम जग्गा प्रकरणमा डेढ अर्ब भ्रष्टाचार हुँदासमेत प्रधानमन्त्री देउवा, सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष दाहाल मौन रहँदै आएका थिए । तर दुवैजनाले मंगलबार कारवाहीका लागि मुख खोलेका छन् । प्रधानमन्त्री देउवाले मुख्य सचिवलाई निर्देशन नै दिएका छन् भने २ नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा पुगेका दाहालले कारवाही गर्न सरकारसँग आग्रह गरेका छन् ।

संसदीय समितिले जग्गा खरिद प्रकरणमा तीन गुना बढि भ्रष्टाचार भएको ठहर गरेपछि प्रधानमन्त्री देउवाले सक्रियता लिएका हुन् । प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि कारवाही गराउन सक्रियता लिएका छन् । उनले कारवाहीका लागि प्रधानमन्त्रीलाई आफुले आग्रह गरेको समेत सिराहमा वताएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice