‘फगत म प्रहरी संगठनको महानीरिक्षक हुन सकिँन’

काठमाडौं । सर्वाेच्च अदालतले सरकारी निर्णयका पक्षमा फैसला दिएलगतै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले पदबाट राजीनामा दिएका छन् । प्रकाश अर्याललाई प्रहरी महानीरिक्षक बनाउने मन्त्रिपरिषदको निर्णयबिरुद्ध सिलवाल रिट लिएर ६ महिनाअघि सर्वाेच्च अदालत पुगेका थिए ।
‘फगत म प्रहरी संगठनको महानीरिक्षक हुन सकिँन, अन्याय पर्दा पनि सम्यमित छु’, आफ्नो राजीनामा विज्ञप्तीमा उनले भनेका छन्, ‘आउँदा दिनमा मुलुकको एउटा योग्य नागरिकका रुपमा सामाजिक उत्तरदायित्व बोध गर्दै म जस्तै अन्यायमा परेका तमाम नेपालीको एउटा सशक्त आवाज बन्नेछु ।’
सर्वाेच्च अदालतले सरकारी निर्णय सदर गर्दै सिलवालको रिट खारेज गरेपछि उनले पदबाट राजीनामा दिएका छन् । आफुलाई राज्य र न्यायालयले पनि अन्याय गरेको भन्दै सिलवालले डीआइजी पदबाट राजीनामा दिएका थिए ।
सेवा अवधी ६ महिनामात्र बाँकी रहेका सिलवालले दुई पेज लामो बिज्ञप्ती निकाल्दै दर्जनौ असन्तुष्टीहरु पोखेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौथो वरियताका जयबहादुर चन्दलाई प्रहरी महानीरिक्षक बनाउँदा उनी अदालत पुगेका थिए । अदालतले सिलवालका पक्षमा फैसला दिँदै जयबहादुर चन्दलाई आइजीपीबाट हटाएको थियो ।
त्यसपछि फेरी सरकारले दोस्रो वरियताका प्रकाश अर्याललाई आइजीपीमा नियुक्ति गरयो । उनी फेरी अदालत पुगे । तर अदालतले कार्यसम्पादन मुल्याडकनमा सिलवाल भन्दा अर्याल नै अघि भएको ठहर गरिदियो । त्यसपछि उनले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice