सुशीला कार्कीलाई चुनौति दिँदै प्रधानन्यायाधीश पराजुलीले गरे सिलवालको रिट खारेज 

काठमाडौं । सर्वाेच्च अदालतले डीआइजी नवराज सिलवालको रिट खारेज गरिदिएको छ । पहिलो वरियताको आफुलाई सरकारले प्रहरी महानीरिक्षक नबनाएको भन्दै सिलवाल सर्वाेच्च अदालत पुगेका थिए । सिलवालले दायर गरेको रिट मंगलबार खारेज भएको छ । प्रधानन्यायाधीश प्रधानन्यायधीश गोपाल पराजुलीसहित सात जना न्यायधीशको बृहत इजलासबाट सिलवालको रिट खारेज भएको छ ।

सर्वाेच्च अदालतले सिलवालको रिट खारेज गरेपछि आइजीपी प्रकाश अर्यालका लागि सजिलो बाटो बनेको छ । कार्यम्पादनमा एक नम्वरमा रहेका सिलवाललाई सरकारले प्रहरी महानीरिक्षक नबनाई दुई नम्वर वरियताका अर्याललाई आइजीपी बनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा चौथो बरियताका जयबहादुर चन्दलाई आइजीपी नियुक्त गरिएको थियो । त्यस लगतै सिलवाल अदालत पुगेका थिए । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले चन्दलाई महानीरिक्षक बनाउन नमिल्ने भन्दै फैसला दिएकी थिइन ।

त्यसपछि बनेको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो बरियताका अर्याललाई प्रहरी महानीरिक्षक बनाएको थियो । सिलवाल फेरी अदालत पुगेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice