चाडपर्वलाई लक्षित गरी मुग्लिन नारायणघाट सडकखण्ड चौबिसै घण्टा खुल्ला

चितवन । नजिकिदै गरेका दशैँ,तिहार तथा छठपर्वलाइ लक्षित गरेर चितवनको मुग्लिन नारायणघाट सडकखण्ड बुधबारबाट चौबिसै घण्टा सन्चालनमा आउने भएको छ । सडक विस्तारका क्रममा नियमित रुपमा सडकमा पहिरो खस्ने क्रम नरोकिएपछि गत असार २५ गतेदेखि रातको समयमा उक्त खण्डमा यातायात आवागमन बन्द गरिएको थियो।

मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ। केही दिनदेखि मौसममा आएको सुधार र चाडपर्वको समयलाई लक्षित गरेर रातको समयमा पनि सडक खुल्ला गर्ने निर्णय गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए। यात्रुवाहक सवारी साधनको चाप हुने समयमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ सडक पार गराइने पनि उनले बताए ।

राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबरटारमा रोकिने भएको छ ।यसबाट यात्रुवाहक सवारी साधनलाई रातका समयमा सडक पार गर्न सहज हुने छ । राति पनि पहिरो खस्न सक्ने भएकाले तत्काल सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधिलाई तयारी अवस्थामा राखिने भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice