जुडोकी मनिता वर्षकै उत्कृष्ठ युवा खेलाडी घोषित

काठमाडौँ । जुडोकी मनिता श्रेष्ठ प्रधान यस वर्षकै उत्कृष्ठ युवा वर्ष खेलाडीबाट सम्मानित भएकी छिन ।नेपाल खेलकुद पत्रकार मन्चले राजधानीमा आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डले प्रधानलाइ उक्त उपाधि प्रदान गरिएको हो ।

क्रिकेटका दिपेन्द्र ऐरी, फुटबलका अनन्त तामाङ, भरोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीलाई पछि पार्दै पार्दै मनिताले उक्त अवार्ड हत्याउन सफल भएकी हुन् । अवार्डसंगै उनले पचासहजार नगद पनि प्राप्त गरेकी छिन । ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा पनि उनले कास्य पदक जितेकी थिइन् ।

अवार्ड ग्रहण गरेपछि खुशी व्यक्त गर्दै प्रधानले अवार्डले थप हौसला थपेको बताइन्।यस्तै एथलेटिक्सका पुष्पराज ओझा वर्षका उत्कृष्ट प्रशिक्षक बनेका छन् । यो अवार्डका लागि ओझासँगै फुटबलका ग्योतोकु कोजी र मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टन किरण थापा मनोनयनमा परेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice