मन्त्री बन्न नपाएका राप्रपा प्रजातान्त्रिकका १० सांसदद्वारा सामूहिक राजीनामाको तयारी

काठमाडौँ । केही समयाअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरेर गएको राप्रपा प्रजातान्त्रिक वर्तमान सरकारमा सहभागी भएपछी उक्त पार्टीभित्र पनि आन्तरिक विवाद र भाँडभैलो सुरु भएको छ ।
पार्टी अध्यक्ष पशुपतिसमशेर राणाले सिफारिस गरी  राप्रपा प्रजातान्त्रिकका ३ मन्त्री र १ राज्यमन्त्री गरी ४ जना सरकारमा सहभागी भएर सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाबाट सपथ लिइसकेका छन्।  तर सरकारमा सहभागी हुने विषयमा राप्रपाको पृष्ठभूमिबाट आएका सांसदहरुलाई अध्यक्ष राणाले उपेक्षा गरेको भन्दै  उक्त समुहका १० जना सांसदहरुले सामुहिक राजिनामा दिने तयारी थालेका छन्।

अध्यक्ष राणाले सरकारमा जानेहरुको नाम आइतबार सार्वजनिक गरेसँगै सोमबार विहान राणा निवास पुगेका असन्तुष्ट पक्षका रामकुमार शर्मा, सयन्द्र वान्तवा, राज्यलक्ष्मी श्रेष्ठ, कमला शर्मा, विराज विष्ट, बबिना लावती मोक्तान लगायतका सांसदहरुले सरकारमा पठाउने व्यक्तिहरु समावेशी नभएकाले केही नाम फिर्ता लिएर महिलालाई प्राथमिकता दिन माग गरेका थिए । भेटमा उनीहरुले रेशम लामाको नाम फिर्ता लिएर कोही एक महिला सांसदलाई सरकारमा पठाउन राणालाई भनेका थिए । तर, जवाफमा अध्यक्ष राणाले अहिलेको लागि सम्पूर्ण निर्णय र तयारी सकिएको भन्दै अहिले केही नहुने बरु अर्को पटकको मन्त्रीपरिषदमा महिलालाई सहभागी गराउने भन्दै फिर्ता पठाएका थिए।

सरकारमै जाने विषयमा कमल थापासंग असन्तुष्टि जनाएर राणाको अगुवाइमा नयाँ पार्टी  गठन गरेका उनीहरु अहिले आएर फेरी राणाविरुद्ध विद्रोह गर्ने तयारीमा पुगेका छन् ।‘भन्ने बेलामा राप्रपालाई समावेशी बनाउने भन्ने तर, बहुमत सांसद महिला हुँदा पनि एकजना पनि पारिएन’ सांसद वविता मोक्तान लावलीले भनिन्, यसमा हाम्रो असन्तुष्टि छ ।’ राणाको पार्टीका जम्मा १८ जना सांसदमध्ये १० जना महिला सांसद छन् ।

आइतबार बिहान राप्रपा प्रजातान्त्रिकको कार्यालयमा बसेको संसदीय दलको बैठकमा बोहरा, थापा र पाण्डेलाई सहकारमा पठाउने निर्णय सुनाइएको थियो । पार्टी विभाजनका बेला राणालाई बलियो साथ दिएपनि लाभको पद लिने बेलामा भने सीमित मुख्य नेताहरुलाई मात्रै अवसर दिएको गुनासो असन्तुष्टहरुको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice