सन्दीपले सात विकेट लिएपछि थाइल्याण्डविरुद्ध नेपालको फराकिलो जित

काठमाडौँ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डको विरुद्धमा फराकिलो जीत हासिल गरेको छ। अनिलकुमार शाहको उत्कृष्ठ ब्याटिङ र सन्दीप लामिछानेको उत्कृष्ठ बलिङको मद्दतमा नेपालले थाइल्याण्डलाइ २५५ रनले  हराएको हो ।

मलेसियाको ओमन क्लवमा जारी खेलमा थाइल्याण्डका कुनै पनि व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दै अलआउट भयो। बलिङमा नेपालका सन्दीप लामिछानेले ७ विकेट लिए। यस्तै, नन्दन यादव र किशोरी महतोले १/ १ विकेट लिए। कप्तान दीपेन्द्र सिंह ऐरीका नाममा पनि एक विकेट रह्यो।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो ।नेपालका लागि अनिलकुमारले उत्कृष्ट पारी खेले । उनी मात्र ९ रनले शतक बनाउन चुके । ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मलतमा ९१ रन बनाए ।

थाइल्याण्का प्रारम्भिक व्याट्सम्यान सवात रस्तानायुम्यानुकोल शून्य रनमै आउट भएका थिए। नेपालका बलर नन्दन यादवले सवातलाई इनिङको पहिलो बलमै आउट गरेका थिए। थाइल्याण्डले पहिलो दुई ओभर लगातार एकएक विकेट गुमाएको थियो। चौथो र छैटौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice