थाइल्याड सामु नेपालको बिशाल स्कोर, २८२ रनको दियो लक्ष्य

काठमाडौं । एसीसी यू–१९ इष्र्टन प्रतियोगितामा थाइल्याण्डबिरुद्ध नेपालले उत्कृष्ट प्रर्दशन गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा २८१ रन बनाएको छ । ७ विकेट क्षतिमा नेपालले थाइल्याडसामु निकै ठुलो चुनौति दिएको छ । जितका लागि थाइल्याण्डलाई २८२ रनको आवश्यकता रहेको छ ।

नेपालको विशाल स्कोर बनाउन अनिलकुमार शाहले उत्कृष्ट प्रर्दशन गरेका छन् । ७४ बलको सामना गरेका शालले ६ चौका र ५ छक्काको मद्दतमा ९१ रन बनाए । शतक बनाउन उनी ९ रनले चुके । प्रनित थापा मगरले अर्धशकत पुरा गरे । ६१ बलमा उनले ५० रन बनाए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice