कहाली लाग्दो बन्यो शेयर मार्केट

काठमाडौं । बर्षभरी नै ओरालो लागेको शेयर बजार लाभांश र बोनस शेयर घोषणा गर्ने बेला पनि निकै गिरावट आएको छ । अघिल्ला बर्षहरुमा यो बेला शेयर निकै बढ्ने गरेको थियो । तर यो बर्ष भने शेयर बजारमा निकै गिरावट आएको छ ।

आइतवार शेयरबजारमा निकै गिरवट आएको छ । आइतवार दिउँसोसम्म २१.६८ अंकले गिरावट आएको छ । बैंकभन्दा बढि विमा कम्पनीको शेयरमा गिरावट आएको छ । विमा कम्पनीको शेयर १४३ अंकले गिरावट आएको छ । आइतवार १५५४.५५मा खुलेको शेयर बजार दिउँसोसम्म सवै रातो भएको थियो । दिउँसो साढे २ बजेसम्म १५३१.४ मा झरेको छ ।

लाभांस वितरण हुने बेला शेयर मार्केट घटनुका २ कारण भएको स्टकका ब्रोकर एशोसिएशनका अध्यक्ष प्रियराज रेग्मीले बताए । पहिलो दशैतिहार र दोस्रो मागभन्दा आपुर्ति धेरै भएका कारण मार्केट गिरावट आएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice