गौरी हत्याबारे सूचना दिनेलाई १० लाख भारु

भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको हत्याराबारे कुनै पनि सूचना दिने व्यक्तिलाई राज्य सरकारले १० लाख भारतीय रुपैँया इनाम दिने घोषणा गरेको छ। कर्णाटकका गृहमन्त्री रामालिंगा रेड्डीले सो राशी घोषणा गरेका हुन्।

मंगलबार साँझ आफ्नै घरमा लंकेशको हत्या भएको थियो। सिसिटिभी फुटेजमा देखिएअनुसार लंकेशलाई हेलमेट लगाएको एक व्यक्तिले होली हानेको थियो। उनको हत्यापछि प्रहरीले २१ सदस्यीय अनुसन्धान टोली गठन गरेको छ। तर हत्याको चार दिन बित्दा पनि कुनै सुराक फेला नपरेपछि राज्य सरकारमाथि ठूलो दबाब सिर्जना भएको छ।

लंकेशका समर्थकहरुले यसअघिका लेखक–पत्रकारको हत्यामा झैँ प्रहरी हत्यारा फेला पार्न असफल हुने बताउँदै अनुसन्धानका लागि दबाब दिइरहेका छन्। गत केही वर्षयता भारतमा हिन्दुत्ववादविरोधी लेखक–पत्रकारको हत्या हुने क्रम बढेको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice