राजपाले घोषणा पत्रमा लेख्यो–५२ जना मधेसीको हत्यामा माओवादी केन्द्र नै मुख्य जिम्मेवार

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले ५२ जना मधेसीको हत्यामा माओवादी केन्द्र नै मुख्य जिम्मेवार भएको ठहर गरेको छ । स्थानीय तहको निर्वाचनमा आफ्नो घोषणा पत्र जारी गर्दै राजपाले मधेसको दुष्मन माओवादी केन्द्रको भएको बताएको छ ।

बिहीबार पार्टी कार्यालय बबरमहलमा एमालेभन्दा माओवादी केन्द्रप्रति बढि आक्रामक देखिएका राजपा नेताहरुले ५२ जना मधेसीको हत्यामा माओवादी केन्द्र मुख्य जिम्मेवार भएको बताएका छन् । आफ्नो घोषणा पत्रमा समेत माओवादीका कारण आफ्ना कार्यकर्ताको ज्यान गएको र माओवादी अझै लोकतान्त्रिक बाटोमा नआएको उल्लेख गरिएको छ ।

‘माओवादी केन्द्र अझै शक्तिको बलमा सत्ता कब्जा गर्ने नीति मै छ’ घोषणपत्र जारी गर्दै अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने अधिनायकवाद र सर्वसत्तावादमा विश्वास विश्वास राख्ने माओवादीको मूल चरित्र संघीयता विरोधी हो ।’

माओवादीकै कारण देशमा भ्रष्टाचार हत्याकाण्ड र अराजकता फैलिएको ठहर राजपाले गरेको छ । राजपाका प्रभावशाली केही नेतालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भित्राएपछि उनीहरु आक्रोसित बनेका छन् ।

राजपाले माओवादी केन्द्रलाई मात्र नभई एमालेलाई पनि मधेस विरोधीका संज्ञा दिएका छन् । माओवादी संघियता विरोधी र एमाले मधेस विरोधी भएको राजपा घोषणा पत्रमा उल्लेख गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice