भोज खुवाएर मतदाता आकर्षित गर्दै रौतहटका उम्मेदवार

गौर । प्रदेश २ को स्थानीय निर्वाचनमा भोट हाल्नका लागि उम्मेदवारी मनोनयन भएकै दिन रौतहटका उम्मेदवारहरुले कार्यकर्ताहरुलाई भोज खुवाएका छन् ।उम्मेदवार मनोनयनको दिन टाढा टाढाबाट जुलुसमा सहभागी हुन् आएका कार्यकर्ताहरुलाई राजनीतिक दलका उम्मेदवारहरुले भोज खुवाएका हुन् ।

Image result for भोज

गजुरा नगरपालिकाका नेपाली कांग्रेसका मेयर उम्मेदवार शेष दाउद ले मनोनयन दर्ताको दिन सिम्राभवानीपुरमा कुखुराको मासु र भात भोज खुवाएका छन् भने वृन्दावन नगरपालिकाका एमालेका मेयरका उम्मेदवार विनोद पटेलले पनि हर्साहमा भोज खुवाएका छन्। तर पटेलले भने आफ्नो जन्मदिनको अवसरमा साथीभाइलाई भोज खुवाएको प्रतिक्रिया दिएका छन् । मनोनयन दर्ता र जन्मदिन एकै दिन परेकाले भोज खुवाए जस्तो भएको हो हरेक बर्ष आफुले जन्मदिनको दिन भोजगर्ने गरेको पटेलले बताएका छन्।मतदाताहरु लाइ प्रभावित पार्नका लागि उम्मेदवारहरुले भोज खुवाउने प्रचलन नै रहेको छ।

यस्तै एमाले राजदेवी नगरपालिका का उम्मेदवार भिखारी यादव ले कुखुराको मासु भात खुवाएका छन्।मनोनयन दर्ताको दिन काग्रेस, एमाले, माओवादी, राजपा नेपाल लगाएतका दलका उम्मेदवारहरुले भोज खुवाएका छन्। जिल्लामा १६ नगरपालिका २ गाउँपालिका मा बिभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्।विभिन्‍न पार्टीका उम्मेदवारहरुले बुधवार जुलुस सहित तामझमका साथ मनोनयान दर्ता गराएका छन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice