नेपाल आइडल रोक्न अदालतको आदेशः २३ भदौसम्म भोट नगन्नु

काठमाडौं । एपिवान टेलिभिजनले सञ्चालन गरेको चर्तित रियालिटी सो नेपाल आइडल रोक्न  काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले नेपाल आइडलका सवै काम रोक्न आदेश दिएको छ ।

‘भदौ २३ गते सम्म भोट गन्नेदेखि सवै प्रकारका काम तत्काल रोक्नु’ भन्दै अन्तरिम आदेश दिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानले एपी वानबाट प्रशारण भइरहेको नेपाल आइडलले करार ऐनको दफा ८७ विपरित भएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रारम्भिक सुनुवाई गर्दै काठमाडौं जिल्ला अदालतले २३ भदौ  विहान १० बजे दुबैलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice