रहेनन् क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ

काठमाडौँ । क्रिकेट संघ (क्यान )का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको बुधबार निधन भएको छ।लामो समयदेखि मुटुरोगबाट ग्रसित रहेका शाहको ८९ वर्षको उमेरमा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि शाहलाई एक साताअघि उपचारको लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।२०२२ सालदेखि ४० वर्षसम्म लगातार क्यानको नेतृत्व गरेका शाहको पालादेखि नै नेपालले अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागी हुन् थालेको थियो।

क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले शाह नेपाली क्रिकेटको सिंगो इतिहास भएको भन्दै उनको निधनले नेपाली क्रिकेटमा अपूरणीय क्षति पुगेको बताएका छन् ।शाहको नाममा जीवित छँदै ‘जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’ सञ्चालन भएको थियो। प्रतियोगिता २०५८ सालपछि एकाएक रोकियो। उनी एसियाली क्रिकेट परिषद् (एसिसी) को उपाध्यक्षसमेत रहिसकेका छन्।

भदौ ६ गते काठमाडौँमा सम्पन्न क्यानको विशेष साधारणसभामा शाहलाई युवा तथा खेलकुद मन्त्री राजन केसीले दोसल्ला ओढाएर सम्मान गरेका थिए।शाहले भारतमा क्रिकेट खेल्ने क्रममा ९६ रन बनाएका थिए। उनी क्रिकेट खेल्दा आफू शतक बनाउनबाट चुकेको कुरालाई बारम्बार स्मरण गर्ने गर्थे। त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शाहलाई सन् २००३ मा लाइफटाइम सर्भिस अवार्डबाट सम्मान गरेको थियो। यो पुरस्कार पाउने शाह पहिलो नेपाली हुन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice