नेताजस्तै चटारो बन्यो अभिनेत्री बर्षा रावतलाई चुनावी प्रचार, बाबुको साख जोगाउ सकस

महोत्तरी । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन कांग्रेस, एमाले, माओवादी र राजपालाई जति प्रतिस्ठा लडाई बनेको छ, त्यति नै प्रतिष्ठाको बिषय यो चुनाव अभिनेत्री बर्षा रावतलाई भएको छ । दलका नेता कार्यकर्ताजस्तै उनी पनि भोट माग्दै घरदैलोमा हिड्न थालेकी छिन् ।

महोत्तरीको बर्दिवास नगरपालिकामा उनका बाबु सुरेश रावत मेयर पदका उम्मेद्धार बनेका छन् । नेकपा एमालेबाट बाबु सुरेश उम्मेद्धार भएपछि अभिनेत्री बर्षा रावत चुनावमा खट्टिएकी हुन् । बाबुसँगै चुनाव प्रचारमा हिडेकी अभिनेत्री बर्षा घरदैलोमा पुग्ने र महिलाहरुसँग भोट माग्ने गरेकी छिन् । राजधानीमा चलचित्रको सुटिड स्थगित गरी उनी महोत्तरी पुगेकी हुन् । २ दिनअघि महोत्तरी पुगेकी रावत पुगेकै दिनदेखि चुनाव प्रचारको चटारोमा छिन् ।

बर्षाका बाबु सुरेश बर्दिवासका लोकप्रिय ब्यक्ति हुन् । राजनीतिज्ञ तथा समाजसेवीको छवि बनाएका सुरेश अन्य दलका उम्मेद्धारमाथी निकै भारी पर्ने स्थानीयवासीहरु बताउँछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice