नेपालको विरुद्ध ताजकिस्तान २ गोलले अगाडी

काठमाडौँ एएफसी एसिया कप–२०१९ को छनोट अन्तर्गत नेपाल र ताजकिस्तानबीचको खेलमा नेपाल २-०ले पछि परेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको २५औं मिनेटमा झ्यालिलोको हेडिङ बलमा पहिलो गोल खाएको नेपालले त्यसको ४ मिनेटपछि दोस्रो गोल खान पुग्यो। यसअघि १९ औं मिनेटमा नेपालले राम्रो मुभ बनाए पनि गोल गर्न सकेको थिएन ।ताजिकिस्तानका उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गरेका हुन्।

पहिलो गोल गरेको ४ मिनेटपछि नै ताजिकिस्तानका लागि अलिभले गोल गरे। उनले प्रहार गरेको बल किरण चेम्जोङले राम्ररी कलेक्ट गर्न नसक्दा आएको अवसरलाई भासिव दिल्सोभले सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए।नेपालले ४–४–२ को रणनीतिमा खेलेको भए पनि नेपाली स्ट्राइकर मैदानको मध्यभागभन्दा अघि बल भेटउन संघर्षरत छन् ।

ताजकिस्तानले सुरुदेखि नै नेपाली डिफेन्सलाई व्यस्त राखिरहेको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice