एउटै ब्यक्ति दुई ठाउँबाट चुनाव लड्न नपाउने, ठुला दलका शिर्ष नेता संकटमा

काठमाडौं । एक निर्वाचन क्षेत्रबाट जित निश्चित नभएपछि ठुला दलका शिर्ष नेताहरु दुई निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गरेका थिए । तर अब एउटा निर्वाचन क्षेत्रबाट मात्र चुनाव लड्न पाउने भएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी बिधेयक पारित भएपछि एक ठाउँबाट मात्र निर्वाचन लड्न पाउने भएका छन् । बिधेयकले एक ब्यक्ति एक स्थानबाट मात्र चुनाव लड्न पाउने ब्यवस्था गरेको छ । प्रतिनिधि र प्रदेशसभा सम्बन्धी बिधेयक पारित भएपछि ठुला दलका शिर्ष नेतापनि अप्ठेरोमा परेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई ठाउँमा चुनाव लड्ने गरेका थिए । डढेल्धुरा र कैलालीबाट उनी चुनाव लड्दै आएका थिए । अब उनी एक निर्वाचन क्षेत्रबाट मात्र चुनाव लड्न पाउने भएका छन् । त्यसैगरी एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि दुई ठाउँबाट चुनाव लड्दै आएका थिए । नेपाल रौतहट र काठमाडौबाट चुनाव लड्ने गरेका थिए । उनले पनि एक ठाउँमात्र रोज्नु पर्ने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि दुई स्थानबाट चुनाव लड्दै आएका छन् । पहिलो संविधान सभाको निर्वाचनमा रोल्पा र किर्तिपुरबाट चुनाव लडेका दाहाल दोस्रो संविधानसभाको निर्वाचनमा सर्लाही र काठमाडौंबाट चुनाव लडेका थिए ।

भ्रष्टाचारी, बलात्कारीदेखि मानवबेचबिखनमा लागेका ब्यक्ति चुनाव लड्न नपाउने कानुन ब्यवस्था भएसँगै दुई ठाउँबाट एउटै ब्यक्ति चुनाव लड्न नपाउने कानुन बनेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice