त्रिवेणी पब्लिक स्कुल कक्षा ९ की एउटा बिद्यार्थी अभिनेत्री करिष्मा मानन्धर

काठमाडौं । नेपाली चलचित्रकी स्टार अभिनेत्री तथा नयाँ शक्ति नेपालकी नेत्री करिष्मा मानन्धर अधुरो शिक्षा पुरा गर्न बिद्यालय जान थालेकी छिन् । ७ कक्षामा अध्यायपन गर्दै गर्दा उनी चलचित्र क्षेत्रमा प्रवेश गरेकी थियन । ‘चलचित्र क्षेत्रमा प्रवेश गरेपछि औपचारिक शिक्षा लिन पाइन, यो बर्ष ९ कक्षामा भनर्ना भएकी छु’, मानन्धरले भनिनन् ।

चलचित्र क्षेत्रबाट विस्तारै बाहिर निस्केकी अभिनेत्री मानन्धरलाई नेत्री बनेपछि औपचारिक शिक्षाको आवश्यकता खड्केको थियो । ‘चलचित्र खेल्न औचारिक श्क्षिा नभएपनि केही ठुलो समस्या परेन, तर राजनीतिमा अति नै आवश्यक हुँदो रहेछ’, उनले भनिन् ।

गत वर्ष ग्यालेक्सी पब्लिक स्कुलबाट ८ कक्षा पास गरेकी करिष्मा यो वर्ष कक्षा ९ मा अध्ययन गर्न थालेकी छिन् । उनले ९ कक्षामा अध्यायन गर्दा बिद्यालय पनि फेरेकी छिन् । ग्यालेन्सी छोडेर मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरिरहेकी छिन् ।

शनिवार नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आयोजना गरेको कार्यक्रममा मानन्धरले भनिन ‘सिनेमा त मैले पिएचडी गरिसके भन्दा हुन्छ , तर औपचारिक शिक्षा भने भएन, त्यही अभाव पूरा गर्न अहिले ९ कक्षामा अध्ययन थालेको छु ।’

उनलाई औपचारिक शिक्षा लिन भट्टराईले नै प्रेरित गरेका थिए । नयाँ शक्ति पार्टीमा लागे लगतै भट्टराईले बिद्यालयमा भर्ना हुन सुझाव दिएका थिए । ‘संयोजकज्यूले हौसला दिएपछि गतबर्ष ८ कक्षामा भर्ना भएकी थिए, यो बर्ष ९ कक्षामा अध्ययन गर्दैछु’, उनले भनिन् । नयाँ शक्तिका संयोजक भट्टराईले आर्यघाटमा नपुगेसम्म पढ्ने र सिक्ने क्रम नसकिने भन्दै करिष्माले अध्ययन थालेकोमा खुसी व्यक्त गरेका थिए ।

करिष्माकी छोरी बविताले स्नातक गरिसकेकी छिन् । छोरी र परिवारले पनि बिद्यालय गएर औपचारिक शिक्षा लिन उनलाई आग्रह गरेका थिए । परिवारको प्रेरणाले पनि आफुलाई काम गरेको र ९ कक्षामा अध्ययन गर्दा रमाइलो लागेको बताइन ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice