२ नं प्रदेशमा कांग्रेसले बनायो २१ मुस्लिम अगुवालाई उम्मेद्धार(को को बने उम्मेद्धार)

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नम्वर २ मा २१ मुस्लिम समुदायका ब्यक्तिलाई उम्मेद्धार बनाएको छ । नेपाली कांग्रेस आज सार्वजनिक गरेको प्रदेश नम्वर २ का उम्मेद्धारहरुमा २१ जना मुस्लिम समुदायबाट रहेका छन् । १३७ निर्वाचन क्षेत्रबाट २७४ उम्मेद्धार मध्ये नेपाली कांग्रेसले २१ जना मुस्लिम अगुवलाई उम्मेद्धार बनाएको छ ।

कांग्रेसले नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष। उपाध्यक्षहरुमा मुस्लिम समुदायका महिला र पुरुष दुवैलाई उम्मेद्धार बनाएको छ । रौतहटको इस्नाथ नगरपालिकामा कौशिल्यादेवि, परोहा नगरपालिकामा प्रमुखमा शेख वकिल, राजपुर नगरपालिका प्रमुखमा मो. सकिल अख्तर र गुजरा नगरपालिका प्रमुखमा शेष दाउदलाई उम्मेवार बनाएको छ ।

त्यसैगरी पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षमा साबिर हुसेन, बाराको फेटा गाउँपालिकाको अध्यक्षमा रुस्तम अन्सारी र महोत्तरीको साम्सी गाउँपालिका अध्यक्षमा रंकिब शेख उम्मेद्धार बनेका छन् । बाराको कलैया उपमहानगरपालिकाको उपप्रमुखमा रहिमा खातुन, महोत्तरीको मटिहानी नगरपालिका उपप्रमुखमा जुमैदा खातुन, पर्साको पोखरीया नगरपालिकाको उपप्रमुखमा रेहबा खातुन, जगरनाथपुर गाउँ पालिका उपाध्यक्षमा मैमुल नेशालाई उम्मेदवार बनाएको छ ।

रौतहटको इसनाथ नगरपालिकाका उपप्रमुखमा शेष कलाम हुसैन, राजपुर नगरपालिकाको उपप्रमुखमा जकिरा खातुन र बृन्दाबन नगरपालिकाको उपप्रमुखमा नूर जहाँ उम्मेद्धार बनेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा सखिना खातुन र छिन्नमस्ता गाउँपालिकामा सहिदा खातुनलाई उपप्रमुखको उम्मेदवार रहेका छन् भने  सर्लाहीको मलंगवा नगरपालिकाको उपप्रमुखमा शवनम मिकरानीलाई कांग्रेसको उम्मेदबार बनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice