उम्मेद्धार छान्न कांग्रेसभित्र सकस, रामचन्द्र र शशांक राति नै बैठक छाडेर बाहिरिए

काठमाडौं । प्रदेश नम्वर २ को स्थानीय तह निर्वाचनमा संस्थापन पक्षले एकलौटी उम्मेद्धार चयन गरेको भन्दै नेपाली कांग्रेसको पौडेल समुह राति नै बैठकबाट बाहिरिएको छ । शनिवार राति उम्मेद्धारको अन्तिम नामावली टुंग्याउन सभापति शेरबहादुर देउवाले बालुवाटारमा बैठक डाकेको थिए ।

बैठकमा नेता विमलेन्द्र निधिले २ नम्वर प्रदेशका उम्मेद्धारहरुको नामावली पेश गरेका थिए । निधिले पेश गरेको नामावलीप्रति कांग्रेस नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले असहमति जनाए । दुई दिनअघि कोइराला र निधि बसेर टुंग्याएको नामावलीमा फेरबदल गरिएपछि महामन्त्री कोइराला रुष्ट बनेका हुन् ।

शनिवार नै उम्मेद्धारको अन्तिम टुंगो लगाउन कांग्रेसले गृहकार्य गरेको थियो । तर पौडेल र कोइरालाको असहमतिपछि मध्यरातसम्म छलफल हँदा पनि उम्मेद्धारी टुंगिन सकेन । निधिले पेश गरेको सुचिमा फेरबदल गर्न देउवाले नमानेपछि राति नै पौडेल र कोइराला बालुवाटारबाट बाहिरिएको स्रोतले बताएको छ ।

प्रदेश नम्वर २ मा पहिलो हुने उद्घोष गरेको नेपाली कांग्रेस उम्मेद्धारको विवादमा फसेको छ । संस्थापन पक्षले एकलौटी गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट बनेको छ । असन्तुष्ट पक्षलाई समेटनतिर भन्दा थिच्नतिर देउवा लागेको आरोप पौडेल पक्षले लगाएको छ । देउवाले शनिवार साँझ पौडल, कोइराला, कोषाध्यक्ष सीतादेवी यादव र निधिलाई बालुवाटार बोलाएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice