मृगौलाको पत्थरी भएपछी अभिनेता सरोज खनाल अस्पताल भर्ना

काठमाडौँ  । नेपाली चलचित्रका पुराना अभिनेता सरोज खनाल अस्पताल भर्ना भएका छन् । मृगौलामा पत्थरी भएको कारण खनाल राजधानीको बयोधा अस्पताल भर्ना भएको बताइएको छ ।

शुक्रवार बिहान डा. सञ्जय खड्गीको टोलीले उनको पत्थरीको अप्रेशन गरेको छ । बयोधा अस्पतालले आधुनिक प्रविधीले पत्थरीको अप्रेशन सुरु गरेको बताईएको छ ।अप्रेशनपछि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको अभिनेता खनालले बताएका छन् ।

उनी अझै एक साता अस्पतालमै आराम गर्नुपर्ने अस्पताल स्रोतले बताएको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice