मैले माओवादी केन्द्र र सांसद पद परित्याग गरेँ

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट राजीनामा दिएका छन्। स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको आरोप र कारवाही परेपछि उनले पार्टी र सांसद पदबाट राजीनामा दिएका छन् ।

ललितपुरबाट समानुपातिक सांसद् रहेका घिसिङले अब आफु कुनै पार्टीमा आबद्ध नरहेको बताउँदै सभामुखसमक्ष पद परित्याग गरेका छन् । माओवादी केन्द्र केन्द्रका प्रमुख सचेतक रेखा शर्माले संसदीय दलको कार्यालयमा पनि उनले राजीनामाको बोधार्थ दिएको बताइन्।

प्रमुख सचेतक शर्माले घिसिङले स्थानीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेका विषयमा पार्टीले कारवाही गरेको र संसद्मा पनि पटक पटक ह्विप उलङ्घन गरेका विषयमा प्रश्न उठेपछि सांसदबाट पनि हटाउने तयारी भएका सन्दर्भमा राजीनामा आएको हुन सक्ने बताइन्।

 

One thought on “मैले माओवादी केन्द्र र सांसद पद परित्याग गरेँ
  1. पार्टी बिरुध्द जाँदा यस्ताे हुँदाे रहेछ ।
    सबैले जानिराखुन अन्तरघातकाे नतिजा।।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice