राजपासँग चुनावी तालमेल हुने सम्भावना छ – प्रचण्ड

रौतहट । २ नम्बर प्रदेशको चुनावी अभियानको दौडधुपमा व्यस्त बनेका माओबादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले मधेशमा सवैभन्दा ठुुलो दल बन्न माओवादीलाई कसैले पनि रोक्न नसक्ने दावी गरेका छन् ।

प्रेस सेन्टर रौतहटले बिहिवार सदरमुुकाम गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले असोज २ मा हुन लागेको स्थानीय निर्वाचनमा माओबादी केन्द्र सबैभन्दा ठुुलो दल हुुने दावी गरेका हुन् ।

‘स्थानीय निर्वाचनमा राजपासँग चुनावी तालमेल हुनसक्छ त्यसका लागी छलफल समेत भईरहेको छ ,’ प्रचण्डले भने ‘सहकार्यका लागी केही बुुँदाहरुमा हालसम्म मिल्न सकिएकोछैन । आउँदो शनिवारसम्म सहकार्यको टुुंगो लागिसक्छ ।’ पत्रकारहरुको जिज्ञासामा अध्यक्ष प्रचण्डले एमालेसँग चुनावी तालमेलको सम्भावना अत्यन्त कम रहेको भन्दै कुनैकुनै स्थानमा एमालेसँग पनि चुनावी तालमेल गर्न सकिने संकेत गरे ।
हालै भएको बर्षा र बाढीबाट सबभन्दा बढी क्षती रौतहटमा भएको प्रचण्डको भनाई थियो । उनले बाढी पीडितका समस्या तत्काल संबोधन गर्न पनि सरकारसँग माग गरेका छन् । ‘रौतहट डुुबान हुुनुुमा भारतीय बाँध र लालबकैयाको स्तरहिन बाँध प्रमुख कारण हो’ पुुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रस्टयाए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice