‘एमालेमाथिको अवरोध जारी राखे चुनाव नै स्थगित हुन्छ’

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मधेशका विभिन्न स्थानमा नेकपा एमालेमाथि भएको आक्रमण र अवरोध नरोकिए ती स्थानमा चुनाव नै स्थगित गर्ने चेतावनी दिएका छन् ।
पछिल्लो समयमा राजपाका कार्यकर्ताहरुले मधेशमा एमालेले आयोजना गरेको र्याली,बैठक तथा भेलाहरुमा अवरोध गरेपछि आयोग गम्भीर भएको भन्दै यादवले यसबारेमा सरकार र राष्ट्रिय जनता पार्टीका शीर्ष नेतालाई जानकारी समेत गराइसकेको बताए।मंगलबार जनकपुरमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल सहभागी कार्यक्रममा राजपाका कार्यकर्ताले अवरोध र आक्रमण गरेको घटनालाई इंगित गर्दै  उनले घटनालाई आयोगले गम्भीर रुपमा लिएको र आवश्यक छानविन पनि थालिसकेको जानकारी दिए ।
यसबारेमा राजपाका नेताहरु लगायत सरकारलाई पनि जानकारी गराएर ध्यानाकर्षण गराइसकेको बताउदै यादवले भने,‘मैले त राजपाका एक दुई जना नेतालाई भनेको छु-यदि तपाईहरुले स्वतन्त्रतापूर्वक प्रचार गर्ने काममा अवरोध गर्नुभयो भने त्यस्तो ठाउँमा निर्वाचन स्थगित हुन सक्छ । यो कुरा सरकारलाई पनि भनिएको छ ।’
त्यस्तै उनले चुनावी कार्यक्रम बिथोल्ने र अवरोध तथा निषेध गर्ने कार्यमा उम्मेदवार प्रत्यक्ष संलग्न भएको पाइमा उम्मेदवारी रद्द हुनसम्म  पनि सक्ने बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice