छोराले बाँधेर कुटपिट गर्दा आमाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी ४५ वर्षिया सविता दरैलाई आफ्नै छोरा २० वर्षिय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो ।

मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।कुटपिट गर्ने छोरा आशिषलाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको बताइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice