२ नम्वर प्रदेशमा उम्मेद्धार छान्न शशांक र निधि विहानै देखि गोप्य बैठकमा 

 

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री शशांक कोइराला र नेता विमलेन्द्र निधिलाई प्रदेश नम्वर २ मा उम्मेद्धार छान्न निर्देशन दिएका छन् । देउवाको निर्देशनपछि विहानैदेखि कोइराला र निधि गोप्य बैठक गरिरहेका छन् ।

२ नम्वर प्रदेशमा आकांक्षीहरुको संख्या धेरै भएपछि कांग्रेस उम्मेद्धारी टुंग्याउन सकेको थिएन । तर देउवाले मंगलवार साँझ दुवै नेतालाई टेलिफोन गरी उम्मेद्धारी टुंग्याउन निर्देशन दिएका थिए । देउवाको निर्देशन अनुसार दुई नेता गोप्य बैठक गरिरहेका छन् ।

कोइराला र निधिले उम्मेद्धारीको अन्तिम टुंगो लगाएपछि देउवालाई सुचि बुझाउनेछन् । बुधबार साँझ बस्ने कांग्रेस पदाधिकारी बैठकमा देउवाले उम्मेद्धारको सुचि पेश गर्ने स्रोतले बताएको छ । पार्टीको आन्तरिक विवाद मिलाउन पनि देउवाले उम्मेद्धारी छान्ने जिम्मा कोइराला र निधिलाई दिएका छन् ।

कांग्रेसका चार जिल्लामा उम्मेद्धारको निकै ठुलो प्रतिस्पर्धा रहेको छ । सिराह, सप्तरी, धनुषा र महोत्तरीमा कांग्रेसभित्र निकै ठुलो विवाद रहेको छ । यो विवाद मिलाउन कोइराला र निधि लागि परेका छन् । कांग्रेसले यी चार जिल्ला बाहेक ६० प्रतिशतको नाम आज टुंग्याउने भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice