एमालेको चुनावी भेलामा राजपा कार्यकर्ताले अवरोध गरेपछि झडप

जनकपुरको पिडारीचोकमा नेकपा एमाले प्रदेश नम्बर २ को चुनावी भेलास्थललाइ राजपाका कार्यकर्ताले घेरेपछि राजपा नेपालका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा हुन लागेको भेला अगाडि राजपाले एमाले मधेश विरोधी पार्टी भएको भन्दै विरोधमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो ।
झडपको क्रममा प्रहरीको लाठी प्रहारबाट राजपाका ६ जना कार्यकर्ता घाइते भएका छन् । झडपको बाबजुत एमालेको भेला स्थल प्रहरीले घेराउ गरि कार्यक्रम गरेको छ । तनाव बढेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको हो । राजपाका नेता कार्यकर्ताले टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice