अखिल क्रान्तिकारीको निर्वाचनको लागि मंगलबार बेलुकासम्म उम्मेदवार नामावली

काठमाडौँ


नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि मंगलबार बेलुकासम्ममा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भएको छ ।
सोमबार दर्ता भएको मनोनयनमा मंगलबार बिहान ११ बजेसम्ममा नामावली फिर्ता, त्यसपछि दाबी विरोधको लागि समय दिने र बेलुकासम्ममा अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्वको लागि भोलि मात्रै मतदान हुने भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराउनु भएको छ ।

उम्मेद्वाहरुवीच आफु पार्टीको आधिकारिक उम्मेद्वार भएको दावी आईरहदा माओवादी केन्द्रले पार्टीको कोही पनि आधिकारिक उम्मेद्वार नभएको स्पष्ट गरेको छ । माओवादी केन्द्रका प्रवत्ता पम्फा भुसालले नेतृत्व चयन सकेसम्म सर्वसम्मत रुपमा होस् भन्ने पार्टीको चाहना रहेको बताइन् । उनले यदि नेतृत्व चयन सर्वसम्मत नभए प्रजातान्त्रिक विधिद्धार स्वच्छ निर्वाचन मार्फत गर्न पनि सुझाव दिएकी छिन् ।

मनोनयन दर्तासँगै क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ । ३३ पदाधिकारीसहित २ सय ४३ पदका लागि झण्डै ३ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् ।आइतबार सक्ने योजनाका साथ क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन गएको बुधबारदेखि चले पनि सहमतिमा नेतृत्व चयन हुन नसक्दा लम्बिएको हो । सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice