एक सिट लिएर ‘नयाँ शक्ति पार्टी नेपाल’ संसद प्रवेश

काठमाडौँ


दोश्रो संविधानसभाबाट नयाँ संविधान जारी भएसंगै संविधानप्रति असन्तुष्टि जनाउदै माओवादी पार्टीसहित संसद नै त्यागेर नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराइ त्यसको करिब दुइ वर्षपछी पुन: संसदमा प्रवेश गरेका छन् ।
थरुहट तराइ मधेश लोकतान्त्रिकसंगको एकतापश्चात उक्त पार्टीमा रहेकी सांसद गंगा चौधरीलाई लिएर नयाँ शक्ति पार्टी संसदमा प्रवेश गरेको हो। सोमबार नयाँ शक्ति र थरुहट तराइ मधेश लोकतान्त्रिकबीच एकता निर्वाचन भएको भनी निर्वाचन आयोगले प्रमाणित गरेको भन्दै संसदमा दर्ता भएको पत्र नयाँ शक्तिले पाएको छ। सोही पत्रसहित नयाँ शक्ति सोमबार संसदमा प्रवेश गरेको हो । तर अहिले गंगालाई मात्र एक सिट दिएर पठाएका भट्टराइ भने संसदबाहिर नै छन्।
०५२ सालमै तत्कालीन प्रधानमन्त्रीसमक्ष ४० बुँदे माग राखेर संसद छोडेका भट्टराइ दोश्रो जनआन्दोलनपश्चात माओवादीबाट ८३ सांसद लिएर पुन संसद प्रवेश गरेका थिए। पहिलो संविधानसभामा २ सय ३९ सिटसहित माओवादी पहिलो पार्टी बन्दा अर्थमन्त्री हुँदै प्रधानमन्त्रीको कुर्सीसमेत सम्हालेका उनले आफ्नै कार्यकालमा पहिलो संविधानसभा विगठन गराई कुर्सी त्यागेका थिए । दोस्रो संविधानसभामा ८३ सिटसहित एनेकपा मओवादीका तर्फबाट संसद प्रवेश गरेका भट्टराई संविधान सभाको ‘संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति’ समेत बनेका थिए। संसदलाइ ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिएका भट्टराइले आफ्नो पार्टीलाइ सोमबारबाट पुन संसदमा प्रतिनिधित्व गराएका छन् ।
‘नयाँ शक्ति पार्टी नेपाल र व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने थरुहट तराई पार्टी नेपाल लोकतान्त्रिक एक आपसमा संयुक्त भई ‘नयाँ शक्ति पार्टी, नेपाल’ कायम भएको भनी निर्वाचन आयोगको जानकारी प्राप्त भएकोले उक्त पत्रको प्रतिलिपिसमेत यसैसाथ राखी जानकारीका लागि पठाएको बेहोरा निर्देशानुसार अनुरोध छ,’ संसद्ले नयाँ शक्तिलाई दिएको पत्रमा उल्लेख छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice