म अपराधसँग सम्झौता गर्दिन

 

काठमाडौँ । गुन्डा नाइकेहरुलाई इन्काउन्टरदेखि देशै छाड्न बाध्य बनाउने नेपाल प्रहरीका डीआइजी पुष्पकर कार्की प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख बनेका छन् । उनले आइतवारदेखि आफ्नो जिम्मेवारी समालेका छन् ।

नेपाल प्रहरी तेस्रो वरियतामा रहेका डीआइजी कार्कीलाई गृहमन्त्रालयले सिआइवीको प्रमुख बनाएको छ । उनी काठमाडौंको प्रहरी प्रमुख हुँदा दिनेश अधिकारी चरीको इन्काउन्टर गरेका थिए भने अन्य गुन्डा नाइकेहरुलाई राजधानी छोड्न बाध्य पारेका थिए ।

‘म कसैको दवावमा काम गर्दिन, राजनीतिभित्र लुकेर अपराध भएको भएपनि कारवाही गरेरै छाड्छु’ कार्कीले भने ‘संगठित अपराध, वित्तीय अपराध र पुराना जघन्य अपराधमा कसैसँग सम्झौता गर्दिन ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice