नेपाल र भारतबीच आज फाइनल, साफ च्याम्पियन बन्ने नेपाललाई मौका

काठमाडौं । साफ यू–१५ च्याम्पियनसिपमा नेपाल र भारतबीच आइतबार प्रतिस्पर्धा हुने भएको छ । साफ यू–१५ च्याम्पियनसिपको फाइनल खेल राजधानी काठमाडौंमा हुन लागेको छ । यसै संस्करणमा भारतसँग २–१ को पराजय भोगेको नेपाल भारतका लागि बलियो प्रतिद्धन्दी बन्ने भएको छ ।

नेपालले घरेलु मैदानमा फाइदा लिन सके उपाधि जित्न सक्छ । भारतीय प्रशिक्षक पनि नेपाल धेरै बलिया प्रतिस्पर्धी भएको बताउन थालेका छन् । नेपालका लागि उपाधी जित्ने सुनौलो मौका रहेको छ । ‘हामी त्यो मौका गुमाउन पनि चाहदैनौ नेपाली प्रशिक्षक सुनिल श्रेष्ठले भने ‘फाइनलमा भारतलाई हराउँदै इतिहास रच्ने अवसर हामीसँग छ ।’

नेपालले सेमिफाइनलमा बंगलादेशलाई ४–२ ले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने भारतले भुटानलाई ३–० ले हराएको थियो।

 

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice