ठेकेदार मन्त्री बनिसके, बनेन स्वास्थ्यचौकी भवन

रोल्पा । गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उदेश्यले ६ बर्षअघि स्वास्थ चौकी भवन निर्माणको जिम्मा पाएका रोल्पाका ठेकेदार अमरसिंह पुन २०७० सालमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद बने ।

तत्कालिन ठेकेदार पुन हाल सिचाई राज्यमन्त्री भएका छन् । तर उनले जिम्मा लिएको स्वास्थ्य चौकीको भवन अझै बन्न सकेको छैन । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाका लेखा अधिकृत भगबहादुर दशौदीका अनुसार ठेकेदार पुनले डेढ बर्षभित्र भवन निर्माणको पुरै काम सक्ने सम्झौता गरेका थिए ।

सम्झौतापछि उनले भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय रुपैया पनि लिइसकेका छन् । तर डेढ बर्षभित्र बनाउने सम्झौता भएको भवन ६ बर्षसम्म बन्न सकेको छैन । अन्नपूर्णपोटमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice