प्रदेश र केन्द्रको निर्वाचनमा ५९ दलको प्रतिस्पर्धा

काठमाडौं । आगमी प्रदेश र केन्द्रको निर्वाचनमा ५९ दलले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश र केन्द्रको निर्वाचनका लागि ५९ दलले पार्टी दर्ता गरेका छन् ।

पहिलो नम्वरमा नेकपा एमालेले दर्ता गरेको छ भने अन्तिममा राजपा नेपालले पार्टी दर्ता गरेको छ । आगमी मंसिर १० गते दुवै चरणको निर्वाचन एकै पटक गर्ने सरकारको तयारीपछि दलहरु पनि तात्तिएका छन् । तर क्षेत्र निर्वारण आयोगले प्रतिवेदन नदिएका कारण निर्वाचन अन्यौलमा परेको छ ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा १२५ दलले भाग लिएका थिए । तर प्रदेश र केन्द्रको निर्वाचनमा ५९ दलले मात्र प्रतिस्पर्धा गर्ने भएका छन् । ३ प्रतिशतको थ्रेसहोल्डको कानुनी ब्यवस्था भएपछि धेरै दलले निर्वाचनमा भाग नलिने भएका छन् ।

निर्वाचनमा ५९ दलले भाग लिएपनि मुख्य तीन दलबीच नै प्रतिस्पर्धा हुने निश्चित छ । स्थानीय तहको निर्वाचनलाई आँकलन गर्ने हो भने एमाले पहिलो पार्टी, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो बन्न पक्का छ । चौथोका लागि राजपा र राप्रपाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice