एमालेप्रति राजपाको आक्रोश, नश्लीय चरित्र, अहंकारवादी सोच र एकताविरोधी षड्यन्त्रले शान्ति र स्थिरतामा बाधा पुग्यो

काठमाडौँ


राष्ट्रिय जनता पार्टी(राजपा) ले संविधान संशोधन प्रक्रिया प्रमुख प्रतिपक्षी नेकपा एमालेकै कारण फेल भएको भन्दै एमालेप्रति कडा आलोचना प्रस्तुत गरेको छ। संशोधन प्रक्रियाको विपक्षमा उत्रिएको भन्दै राजपाले एमालेले नश्लिय चरित्रसहित आफ्नो अहं प्रदर्शन गरेको आरोप लगाएको हो।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनको विपक्षमा रहि आफ्नो नश्लीय चरित्र, अहंकारवादी सोच, परिवर्तन र राष्ट्रिय एकता विरोधी शक्तिको षड्यन्त्रले मुलुकको शान्ति, स्थिरता र पूर्णतामाथी गम्भीर चोट पुगेको छ।’
त्यस्तै संविधान संशोधनको पक्षमा बढ्दै गएको माहोललाई आफ्नो पक्षमा पार्न नसक्नु सरकारको पनि ठूलो कमजोरी रहेको राजपाको विज्ञप्तिमा जनाइएको छ।अझै पनि संशोधनको मुद्दा आफ्नो पार्टीले छोडीनसकेको र अब हुने सबै निर्वाचनहरुमा एक भएर सहभागी हुने राजपाले बतायो । गणितीय रुपमा सदनबाट पास हुन नसके पनि करिब ६४ प्रतिशत सांसदहरुले यो संविधानप्रतिको खोट स्वीकारेको राजपाको विश्लेषण छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice