मोदीको प्रस्तावले संकटमा फसे देउवा, प्रचण्डसँग २५ मिनेट टेलिफोन वार्ता

काठमाडौं ।


पाँच दिने भारत भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा संकटमा फसेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आकस्मिक भेट गरेका देउवा दिल्ली र बेइजिङको चेपुवामा परेका छन् ।

बुधवार देउवा दिल्ली पुगेको २ घण्टाभित्र भ्रमणलाई लिएर चीनको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरेको थियो । बेइजिङले पत्रकार सम्मेलन गरेको तीन घण्टापछि भारतीय समकक्षी मोदीले आकस्मिक उनलाई आफ्नो निवासमा बोलाएका थिए । मोदीको निवासमा निस्के लगतै उनले सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालमा टेलिफोन गरेका थिए । ‘प्रधानमन्त्री र पार्टी अध्यक्षज्यूसँग २५ मिनेट कुरा भयो’ प्रचण्ड निकट स्रोतले भन्यो ‘दोक्लम विवादमा भारतले देउवालाई तान्न खोजिरहेको छ । तर विवादमा नपर्ने अध्यक्षज्युले सल्लाह दिनुभयो ।’ बुधवार देउवा र मोदी भेट्ने कार्यक्रम थिएन । तर बेइजिङले पत्रकार सम्मेलन गरेपछि कार्यक्रम परिवर्तन गरेर मोदीले अनौपचारिक भेटघाटको कार्यक्रम तय गरेका थिए ।

प्रचण्ड निकट स्रोतका अनुसार दुई देशका प्रधानमन्त्रीले जारी गर्ने संयुक्त बिज्ञप्तीमा दोक्लमको बिषय पनि प्रवेश गराउन भारतीय प्रधानमन्त्रीले खोजेका छन् । दोक्लम विवादमा मौन बस्न प्रधानमन्त्री देउवालाई नेपालका राजनीतिक दलले सुझाव दिएका थिए । संयुक्त बिज्ञप्तीमा दोक्लम विवादले प्रवेश पाए देशभर देउवाको विरोध हुने निश्चित छ । देउवाको आसन्न भारत भ्रमणभन्दा पहिले चीनका उपराष्ट्रपतिले नेपाल भ्रमण गरेका थिए । नेपाललाई दोक्लम विवादमा तान्न सक्ने आशंका पाएपछि चिनिया उपप्रधानमन्त्रीले यस्तो अवस्थामा भारत नजान देउवालाई सुझाव दिएको परराष्ट्रमन्त्रालय स्रोतले बताएको छ ।

मोदीको प्रस्तावपछि झस्किएका देउवाले सत्तासाझेदार दलका प्रमुख प्रचण्डसँग सल्लाह लिएका थिए । प्रचण्डले पनि दुई देशबीचको विवादमा नपर्न आग्रह गरेका छन् । आजको औपचारिक भेटमा पनि दोक्लम विवाद बारे छलफल भएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice